|

काठमाडौं :  तीज आउँछ। छोरी पनि माइती आउँछिन्। घरमा खुसीको बहार आउँछ।  तीजसँगै हरेक हिन्दुको घरमा केके आउँछ? आफ्ना आफ्ना कहानी छन्। तर, नेपाली सांगितिक क्षेत्रले केही थान गीत पाउँछ।

तिनै गीतको फेरोमा हिन्दु चेलीले तीजको अवसरमा नाच्छन्, रमाउँछन्। हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरू सार्वजनिक भइरहेका छन्। विगत लामो समयदेखि तीजको महत्व दर्शाएर गीत सिर्जना भइरहेका छन्। तर, छिटो लोकप्रिय र भाइरल बन्ने रहरले निर्माण भएका अधिकांश गीतहरू आएकै वर्ष हराउन थालेका छन्। यो वर्षपनि नेपाली कलाकारले गीतहरू बजारमा ल्याए।

कोरोनाले गर्दा तीजको माहोलमा केही सुस्तता आए पनि गीतहरू भने सिर्जना भए। जसमा विरहका भाका त छँदै छन्। खुसीका कुरा पनि समावेश गरिएका छन्।

'कुरा बुझ्न पर्छ'

यो वर्ष सर्वाधिक रुचाइएको गीतमध्ये एक हो ‘कुरा बुझ्न पर्छ’। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई सपुतले सिर्जना गरेका हुन् भने संगीत पनि उनकै रहेको छ। गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ। गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् ।

भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ। 

'चरी जेलैमा'

यो वर्षको अर्को चर्चित गीत हो, पुतलीको भट्टी १७ -चरी जेलैमा। सुन्दरमणि अधिकारिको सुन्दर शब्द /संगीत मा सजिएको उक्त गीत मौलिकताले भरिएको छ। गाउँले केटी सहरिया केटासँग बिहे गरेपश्चात् केटीले भोगेको कष्‍टकर जीवनको चित्रण गरिएको छ। ललिता पौडेलको मुख्य भूमिका रहेको भिडियोमा सुन्दरमणि अधिकारीले पनि अभिनय गरेका छन्।

'हैन र माया'

गायक पशुपति शर्माले फेरि अर्को रमाइलो तीज गीत ल्याए शब्द, संगीत तथा आवाज स्वयं शर्माकै रहेको ‘हैनर माया’ बोलको गीतमा सम्झना भण्डारीले साथ दिएकी छन्। गायक शर्माकै अफिसियल यूट्युव च्यानलमार्फत गीतमा गायक गायिका स्वयंले अभिनय गरेका छन् भने अन्य कलाकारहरू रीना थापा, दिपेश बिसी, रुबिना अधिकारी, रबिना भण्डारी, लोमश शर्मा, रमेश थापा, अर्जुन गौतम र बबिन ठकुरीलगायतले अभिनय गरेका छन्। 

'लौरी चच'

गायक शिरीष देवकोटाको तीज गीत सार्वजनिक गरे। सार्वजनिक गीत गायक देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन्। लय संकलन भने गायक देवकोटाले नै गरेका छन्। सार्वजनिक गीत गायनमा गायक देवकोटालाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।

गीतमा रहेको चच शब्दले गीतको मिठास थप परिष्कृत गरेको छ। यो गीतको इतिहास,उत्पत्ति र अर्थबारे पूर्ण जानकारी प्राप्त हुन सकेन। दुःखको कुरा यो गीत पुस्तान्तरण हुन पनि सकेन र गाउन छोडियो। गीतको लय अनि शैली याद रहेकोले केही नयाँ शब्दहरू सहित आमाले सुनाएकाले यो लय अहिलेको पुस्ताको लागि पनि भिन्न अनि मनोरन्जन पूर्ण हुने ठानेर गीतलाई प्रकाशन गर्ने निर्णय गरेका थिए देवकोटाले।

‘पातली ३’

गायिका कला लम्सालले तीज गीत ‘पातली ३’ ल्याइन्। शिव हमालको लय शब्द रहेको सो भिडियो कला लम्सालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो।
गीतमा लम्सालसँगै अन्जली अधिकारी, करिश्मा ढकाल साथमा लोमस शर्माको अभिनय गरेका छन्। हमालले गाउँमा बोलिने टिपिकल शब्द कलात्मक रुपमा गीतमा उतारेका छन्।

‘माइतीको मया बरीलै’

गायिका ज्योति मगरले यसपालिको तीजको सन्दर्भ पारेर ‘माइतीको मया बरीलै’ बजारमा ल्याइन्। यसमा मगरलाई शालिन अवतारमा देख्न सकिन्छ। गीतमा रचना, संगीत र स्वर सबै ज्योतिकै छ। तीजमा माइती जान नपाएकी एक ग्रामीण चेलीको विरह यस गीतमा पोखिएको छ। 

यसपालिको तीजैमा सम्झिनी पानी छम्किनी’

गायक सम्राट् चौलागाईले ल्याएको गीत ‘सम्झिनी पानी छम्किनी’ भाइरल भएपछि उनले यो वर्ष त्यसैलाई परिमार्जन गरेर गीत ल्याए, ‘यसपालिको तिजैमा सम्झिनी पानी छम्किनी।’

सम्राट् चौलागाईंको शब्द एवं संगीत रहेको यो गीतमा चौलागाईंसँगै रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको आवाज रहेको छ। गीतमा भुवन केसी,  दीपाश्री निरौला, स्वस्तिमा खड्का, नायक आकाश श्रेष्ठ अनि सम्राटसँगै गीता ढुंगानाको अभिनय रहेको छ।

कुरा काटन’

यो वर्ष निस्किएको अर्को गीत हो  ‘कुरा काटन’। यो गीतमा खुमन अधिकारी, देवी घर्ती, शान्ति श्री परियार, शीला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, सरिता कार्की जुना श्रीस, सुनिता बुढा क्षेत्रको स्वर छ। दुर्गाा पौडेलको शब्द रहेको गीतमा खुमकको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ।

यो रातो गाला नि एक दिन त बुढेसकाल लागेसी चाउरेला’

‘यो रातो गाला नि एक दिन त बुढेसकाल लागेसी चाउरेला’ तीज गीत आयो। गीतमा एलिनासँगै रचना रिमाल, समीक्षा अधिकारी, बेनिशा पौडेले स्वर दिएका छन्।

यो गीतमा गायिकाहरूसँगै समारिका, स्मारिका ढकाल, गीता ढुंगाना र गरिमा शर्माले अभिनय गरेका छन्। यो गीतको शब्द दीपक शर्माले लेखेका हुन् भने गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.