आजै मन्त्रिपरिषद बैठक बस्दै

|

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे विवाद चर्किरहेका बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो। विहान ९ बजेदेखि जारी बैठकमा एमसीसीबारे साझा धारणा बनाउन प्रयास हुने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। 

सत्तारुढ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा एमसीसी पास गर्ने दिशामा अघि बढे पनि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा छन्। 

माओवादी र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भन्दै सम्झौता संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।  तर सरकारले सोधेको प्रश्नमा जवाफ पठाउँदै अमेरिकाले सम्झौता संशोधन नहुने बताइसकेको छ। यसअघि हिजो बसेको सत्ता गठबन्धनको बैठकमा पनि एमसिसी यथास्थितिमा पारित गर्न नहुने आवाज उठेको थियो। ​

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा रहेकै बेला एमसीसी पारित गर्ने नगर्ने विषयमा चर्को बहस भइरहेको छ। यस्तै आजै मन्त्रिपरिषद बैठक पनि बस्दैछ। पौने १२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने बताइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.