|

काठमाडौं : छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाले दोलखाको कालिन्चाेकका पहिरोपीडितलाई राहत वितरण गरेको छ।

डाेल्मा शेर्पा फाउन्डेसनका अध्यक्ष छिरिङ डोल्मा शेर्पाका अनुसार पहिरो पीडितलाई बिहीबार तीन सय ५६ वटा ब्ल्याङ्केट, एक सय ८ ऊनी स्विटर, चार हजार पिस मास्क र चार हजार लिटर स्यानिटाइजर वितरण गरिएको हो।

मोडलसमेत रहेका शेर्पाले पहिरोका कारण धेरै पीडित विचल्ली रहेको भन्दै सरकारले पनि सहयोग गर्नुपर्ने माग गरिन्। ‘पहिरोले धेरै घर अझै जोखिममा छन्,घर बगाएकाहरूलाई धेरै समस्या हुने गरेको छ,’उनले भनिन्।

उक्त ठाउँमा एक वर्षदेखि निरन्तर पहिराे जाने गरेको छ। गत साउन २७ गते पनि सोही क्षेत्रमा पहिरो गएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.