|

जनताको बहुदलीय जनवाद (जबज) नेपाली जनताको मुक्ति कामनाको अन्तिम वाक्य हो। यो भनेर मदन भण्डारी जस्ता ओजपूर्ण नेताको आभा औरालाई कम गर्न खोजेको होइन तर बहुदलीय जनवादलाई बितेका ३ दशकमा जसरी प्रयोग गरियो त्यसैको परिणामस्वरूप नेकपा एमाले नामक पार्टी पटकपटक फुट्न र जुट्न  पुग्यो, साथै केही दिनदेखि संसद् भवनमा पाखुरा सुर्कनेको संख्या बढ्दै छ।

पार्टी फुट्नु धेरैको नजरमा केही नराम्रो घटना भन्ने लाग्ला तर जबजबाट मुक्त नभएसम्म सर्वहारा  नेपाली जनताको आशा, आवश्यकता, विश्वास पूरा हुनेवाला छैन। 

पुँजीपतिबाट ऋण लिएर, अनुदान लिएर, हार गुहार गरेर जनताका केही समस्या समाधान गर्नका लागि बिपीको प्रजातान्त्रिक समाजवाद नै काफी छ, स्पष्ट छ र भ्रमपूर्ण छैन। त्यसमाथि जनताको बहुदलीय जनवाद सौताको रूपमा किन प्रवेश गराइयो यो बुझ्न सकिएन। 

किनकि भिडले समस्या समाधान गर्दैन विचारले गर्ने हो जसमा स्पष्टता हुनुपर्छ। पुलको बीचमा उभिएर आजसम्म कसैले महल खडा गरेको छैन, कि तल कि माथि कि वारपार हुनैपर्छ। जबज आफैँमा अस्पष्ट छ।

राजनीति  जनताको वर्गोत्थान र अवस्था उत्थानका लागि गरिनुपर्छ त्यो बाहेकको राजनीति बुर्जुवा र धरातल नभएको जन नौटंकी हो। शाब्दिक भ्रम जालले  कसैलाई कहीँ पुर्‍याउँदैन, सीमान्त गरिबको चुल्होमा सामल पुर्‍याउन सक्दैन।

पुँजीपतिबाट ऋण लिएर, अनुदान लिएर, हार गुहार गरेर जनताका केही समस्या समाधान गर्नका लागि बिपीको प्रजातान्त्रिक समाजवाद नै काफी छ, स्पष्ट छ र भ्रमपूर्ण छैन। त्यसमाथि जनताको बहुदलीय जनवाद सौताको रूपमा किन प्रवेश गराइयो यो बुझ्न सकिएन। बीचको सिद्धान्तले कहिल्यै पनि जनतालाई राहत दिन सक्दैन।

विडम्बना न बिपीले आफूले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद  आफैँ कार्यान्वयन गर्न पाउनुभयो न त  मदन भण्डारीले जबजलाई आफैँ कार्यान्वयन गर्ने मौका पाउनुभयो। सिद्धान्त एउटाको कार्यान्वयन अन्य सहयोगीबाट गरिएकाले पनि हुनसक्छ दुवैमा केही अधुरोपना छ।  

वास्तवमा नेपाली जनताको असमानता, अभाव, सरकारप्रतिको अविश्वास कम हुन सकेको छैन।  यति हुँदाहुँदै पनि  प्रजातान्त्रिक समाजवाद  निख्खुन पुँजीवाद हो। तर, बहुदलीय जनवाद पूर्ण पुँजीवाद होइन तर के हो त?

शुद्ध पुँजीवाद हजारौँ आलोचनाको बावजुद पनि आफ्नै तरिकाले सफल छ। किनकि अमेरिकाले ६० वर्ष पुगेका सबैलाई हजार डलर खुरुक्क पेन्सन दिन्छ। ओबामा केयरले स्वास्थ्य बिमा गरेकै छ। यही काम ऋण नै खोजेर भए पनि स्विडेन, नर्वे, फिनल्याण्डले जस्ता देशले पनि गरेका छन्। पुँजीवादको आफ्नो कित्ता क्लियर छ। भारत, ब्राजिल, बेलायत, जर्मन आदि देशले पुँजीवादलाई विश्वासयोग्य बनाउने प्रयास गरी रहेका छन्। 

अब रह्यो जनवाद, साम्यवाद जे भने पनि सबैभन्दा सफल राष्ट्र चीन जुन स्पष्ट रूपमा पुँजीवादी मुलुक हैन तर पुँजीवादकै औजारहरू प्रयोग गरेर बितेको ४२ वर्षमा देशका ७७ करोड गरिब जनतालाई गरिबीको रेखा माथि ल्यायो त्यो पनि विश्व बैंकले तोकेको मापदण्डभन्दा दोब्बर मापदण्ड तोकेर। सन् १९७८ मा चीनमा दैनिक १.०९ डलर भन्दा थोरै कमाउने व्यक्तिहरूको संख्या ७७ करोड थियो।

त्यहाँबाट  सुरु भएको विकास यात्रा केही दिन अगाडि चिनियाँ कम्युनिष्ट पार्टी बैठकसम्म आइपुग्दा राष्ट्रपति सी जिनपिङका अनुसार अब चीनमा गरिबीको रेखामुनि एकजना पनि नागरिक छैन र उहाँका अनुसार प्रत्येक चिनियाँ नागरिकले प्रत्येक दिन २.१८ डलरभन्दा बढी कमाउँदैछ। 

एकातिर जबजले जनताका समस्या समाधान गर्न नसक्नु र अर्को त्यसैको नाममा कमिशन काण्ड, गुट उत्थान काण्ड, जी, जी हजुर हजुर काण्ड मौलाएपछि त्यहाँबाट फुटेर जबजभन्दा उपल्लो तहबाट जनसेवा गर्नका लागि अर्को पार्टी बनेको छ। यो नयाँ पार्टीले के गर्छ गर्दैन त्यो अलग विषयवस्तु हो।

जुन विश्व बैंकको मापदण्डभन्दा ठिक दोब्बर हो। साम्यवादले काम गर्‍यो। कार्यनीति जे सुकैहोस् चीन कम्युनिष्ट मुलक  हो। त्यहाँ राजनीतिमा स्पष्टता छ। कार्यनीतिमा पुँजीलाई उत्पादनको प्रमुख साधन मानिएको छ। किनकि पुँजीबिना प्रविधिमा बल पुग्दैन र जनशक्तिमा हौसला पुग्दैन।

त्यो दिनको घोषणालाई पढ्ने  हो भने; सि जिनपिङ २०१२ मा सत्तामा आउदा केबल ९ करोड जनता गरिबीको रेखामुनि थिए। यसको अर्थ १९७८ देखि सबै राष्ट्रपतिले राम्रो काम गरी रहेका थिए।

अबका दिनमा  चीनले जनतालाई गरिबीको रेखामाथि ल्याएर हुँदैन उनीहरूलाई धनी बनाउनुपर्छ भनेर 'समाजलाई फिर्ता दिऊँ अर्थात् गिभ ब्याक टू सोसाइटी' भन्ने नयाँ नीति ल्याइएको छ।

धनीहरूले प्रयाप्त कमाउनुभयो अब त्यो कमाई समाजको गरिब वर्गलाई फिर्ता दिनुहोस्, उनीहरू पनि धनी हुन पाउनुपर्छ भन्ने नीति यसपटक चीनले ल्यायो। र, यस नीतिको पहिलो पाइलट प्रोजेक्ट अलिबाबाका मालिक ज्याक माको गाउँलाई बनाइएको छ।

 कार्यदिशा स्पष्ट छ; अब  देशका २० प्रतिशत धनीले ८० प्रतिशत मौज्दात जनतालाई पनि सम्पन्न बनाउन आदेश दिइएको छ।  

२०४८ तिर मदन भण्डारीले जबजको व्याख्या गर्दै अब चुनावको बाटोबाट सरकारमा जाऊँ; त्यहाँ गएर पुँजीवादले भन्दा बढी जनपक्षीय काम गरौ भन्नुभएको हो। यो सहज लाग्यो ठिक होला भनेर धेरै जनता त्यस पक्षमा लागे जस्तो पनि देखियो। तर, यदि गहिरिएर हेर्ने हो जबजले ती जल्दाबल्दा जनसमस्याहरू समाधान गरेको छैन। केबल यसलाई भोट माग्ने कमण्डलु बनाइएको छ र त्यो पनि एउटा पार्टीको पेवा जस्तो व्यवहार गरिन्छ। 

एकातिर जबजले जनताका समस्या समाधान गर्न नसक्नु र अर्को त्यसैको नाममा कमिशन काण्ड, गुट उत्थान काण्ड, जि, जि हजुर हजुर काण्ड मौलाएपछि त्यहाँबाट फुटेर जबजभन्दा उपल्लो तहबाट जनसेवा गर्नका लागि अर्को पार्टी बनेको छ। यो नयाँ पार्टीले के गर्छ गर्दैन त्यो अलग विषयवस्तु हो।

जनताको सेवा गर्नका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, जनता समाजवादी राप्रपा, विवेकशील साझा पार्टीहरूको बीचमा नेकपा एकीकृत समाजवादी नामक पार्टी जन्मेको छ। यसले कम्तीमा जबजका अपुरा कार्यहरुलाई नौलो जनवादमार्फत समाधान गर्छौं भन्छ भने अविश्वास गर्नुपर्ने कारण केही छैन।  

देश नारा र भाषणबाट चल्दैन सिद्धान्तबाट चल्छ र सिद्धान्त हचुवाको भरमा बन्दैन यसका लागि अवलोकन, मापन, परीक्षण, प्रयोगधर्मिताबाट पुष्टि भएको हुनुपर्छ। राजनीति विज्ञान हो यसलाई कला नबनाइयोस्, कला भोट माग्ने र खसाल्ने दिनसम्म मात्र कारगर हुन्छ तर विज्ञान अनन्तसम्म साश्वत रहन्छ। 

एउटा सुत्केरी र शिशुको पीडामा जसरी राजनीतिको सहारा आवश्यक हुन्छ भने सबै वृद्धवृद्धाको घिटीघिटीमा पनि  राजनीति सूत्रात्मक रूपमा उपस्थित हुनुपर्छ। चिने जानेको भरमा, पहुँचको भरमा, भोटको चिन्हको भरमा मात्र राज्यले गुहार गर्ने हो भने धिक्कार छ त्यस्ता वादहरूलाई।

राजनीतिलाई विज्ञानको रूपमा स्थापित गरौँ जसरी घामले सबैलाई उज्यालो, रूखले सबैलाई अक्सिजन, नदीले सबैलाई पानी निष्पक्षता साथ आपूर्ति गरेको छ। त्यसरी नै समानताको आधारमा फैलियोस् राजनीतिको न्यानोपन पनि सबै जनतामा। जनतालाई भोटको भरिया मात्र नबनाइयोस् राज्यको एक अख्तियार प्राप्त नागरिक बनाइयोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.