|

जनकपुरधाम : धनुषाको शहीद नगरपालिका –२ चोराकोयलपुरमा बलात्कार प्रयासको घटना पञ्चायतबाटै दण्ड जरिवाना गराएर मिलाएको रहस्य खुलेको छ ।

चोराकोयपुर बस्ने २५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

राँगा लिएर चोराकोलयपुरमा व्यवसाय गर्न बसेका प्रदिप यादव भदौ २३ गते राति महिलाको घरमा गएर बलात्कार प्रयास गर्दा हो हल्ला हुँदा भागेका थिए। भाग्दै गर्दा उनलाई स्थानियहरुले समेत देखेका थिए ।

घटनास्थलमा तत्कालै चोराकोयलपुरबाट अस्थायी प्रहरी चौकीका प्रहरी टोली पुगेर घटनाबारे जानकारी लिएर गएका थिए ।

तर शहीद नगरपालिका–२ का वडाध्यक्ष जैसीलाल भिनवार,स्थानीय युवा शत्रुधन पासवान लगायतका व्यक्तिहरु गाउँमै राति नै बसेर पीडितको राय सल्लाहबिना ५ लाख रुपैयाँमा घटना मिलाएको रहस्य खुलेको छ ।

पञ्चायतबाट ५ लाख रुपैया पीडित पक्षलाई दिने र पीडितले प्रहरीमा उजुरी नगर्ने सहमति भएकोबारे प्रहरीलाई भदौ २५ गते जानकारी भएपछि घटनामा प्रहरीले हस्तक्षेप गरेका थिए । अस्थायी प्रहरी चौकी चोराकोयलपुरले पीडित महिलाबाट उजुरी दर्ता गराए पनि स्वास्थ्य परीक्षण भने अहिलेसम्म नभएको जनाएको छ ।

पीडित महिलालाई  पञ्चायतमा बस्नेहरूले डर, धाकको साथै ५ लाख रुपैयाँको प्रलोभनमा पारि स्वास्थ्य परीक्षण गराउन नजान दबाब दिँदै आएको स्थानीयले जनाएका छन् ।

स्थानिय बासिन्दाहरुले आरोपितलाई कानुनी कारबाहीबाट जोगाउन लागि परेको देखिन्छ ।

यता, वडाध्यक्ष जैसीलाल भिनवारले घटनालगतै राति नै बसेको पञ्चायतमा दण्ड जरिवाना गरिनुपर्नेमा कसैले १० लाख, कसैले ५ लाख भने पनि ५ लाखमा सहमति भएको बारेमा आफुलाई जानकारी नभएको बताए ।

वडाध्यक्ष भिनवारले आज सोमबार आफूलगायत ५ जना प्रहरी चौकी पुगेर यसबारेमा बुझ्ने र महिलासँग हस्ताक्षर र औंठा छाप के प्रयोजनको लागि लिएको हो भन्ने बारेमा समेत जानकारी लिने बताए ।

प्रहरी प्रशासनले तदारुकताका साथ अनुसन्धान नगर्दा केही विचौलियहरुले यस्ता घटनाहरु गाउँमै दवाव र प्रभावमा पारेर अझै मिलाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.