|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–६ अँधेरी खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर पुथाउत्तरगंगा–१३ का अन्दाजी ४० वर्षीया हिरा विक बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले अँधेरी खोला तर्नेक्रममा विक बगेको जानकारी दिए। विकको खोजी भइरहेको तर फेलापर्न नसकेको उनले बताए।

उनलाई आइतरबार दिउँसो बगाएको हो। यसैगरी सोही वडाको मयाङस्थित साङ खोलाले दुई पानी घट्ट बगाएको वडाध्यक्ष तोपे सेनले जानकारी दिए। साङ खोलाले पछिल्लो दुई वर्षमा थुप्रै जमिन कटान गर्नुका साथै तटबन्ध र तातोपानी संरक्षणको संरचना गरि करिब डेढ करोडको क्षति गरेको वडाध्यक्ष सेनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.