|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयमा दैनिकजसो हुने दलीय राजनीति पूर्णरूपमा बन्द हुनुपर्ने बताएका छन्।

उपकुलपति सिंहले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले ‘सोनसिक साझा मंच–भाग ३’ मा मध्य–पश्चिम विश्वविद्यालयका उपकुलपति  सिंहसँग गरेको संवादमा उनले यस्तो बताएका हुन्।

सिंहले आफ्नो नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश पार्दै आमूल रूपान्तरणको बाटोमा लागेको समेत प्रष्ट पारेका छन्।

उनले भने, ‘विश्वविद्यालय अनुसन्धान केन्द्र आवश्यक छ तर त्यसका लागि नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनुपर्छ। विश्वविद्यालयलाई विश्व स्तरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका तथा हुने भौतिक संरचनाहरू तथा अन्य अनुसन्धान संरचनाले विश्वविद्यालयको शैक्षिक गुणस्तरमा विकास गर्न मद्धत गर्छ।’

उनले स्वायत्त विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धाबाट रजिस्टार, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखहरू, प्राध्यापकहरू, अनुसन्धाताहरू तथा कर्मचारीहरूको छनोटमा आफू निकै ऊर्जासहित लागेको बताउँदै विश्वमा भइरहेका अनुसन्धानबारे चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.