खुल्लामञ्चको हिलोमा विप्लवको जनसभा

|

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध खुल्ला मञ्चमा जनसभा गरेको छ। खुल्लामञ्चको जनसभामा हिलो र असहजताबीच पनि विभिन्न जिल्लाबाट ल्याइएका कार्यकर्ताहरूले प्रतीक्षा गरेर नेताको भाषण सुनेका थिए।

सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गरेका थिए। 

खुल्लामञ्‍चलाई सुधार गर्ने नाममा एकातिर जथाभावी लथालिंग छाडिएको र अर्कातिर वर्षाको पानीले हिलैहिलो र फोहोर देखिन्थ्यो। वर्षा र झरीमा रुझ्दै भिज्दै पनि महासचिव विप्लवले आफूहरूले जनतालाई जसरी पनि मुक्ति दिने भन्दै निरन्तर भाषण गरेका थिए। जनसभाअघि राजधानीका विभिन्न स्थानहरूबाट र्‍याली तथा जुलुसहरू निकालिएका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.