|

काठमाडौं : संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

यस्तै भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले भोलि १ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.