|

काठमाडौं :  इङ्लिग प्रिमियर लिग फुटबलमा एभर्टनले बर्न्लीमाथि ३-१ गोलको फराकिलो जीत निकालेको छ ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा खेलेको बर्न्लीले दोस्रो हाफको ५३औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो। खेलको ६०औं मिनेटमा एभर्टनका स्ट्राइकर केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

एभर्टनले पहिलो गोल गरेको पाँच मिनेटपछि नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो। खेलको ६६औं मिनेटमा फेरी एभर्टनले तेस्रो गोल गर्दै बर्न्ली माथि फराकिलो जीत दर्ता गरेको हो।

यो जीतसँगै एभर्टन १० अंकसहित अंकतालिकामा चौथो स्थानमा रहन सफल भएको छ। पहिलो र दोस्रो स्थानमा भने म्यानचेष्टर युनाइटेड र चेल्सी रहेका छन्। समान १० अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.