|

काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। 

दाङकी ४० वर्षकी महिला र बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ। 

योसहित कोरोना संक्रमणको कारण बाँकेमा जिल्लाभित्रकै ३३० र बाहिरबाट उपचारको लागि पुगेका ४११ संक्रमितको मृत्यु भएको कार्यलय प्रमुख तेज वलीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.