|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल आज ओमानसँग भिड्दै छ। 

नेपाल र ओमानबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।  पहिलो खेलमा अमेरिकाविरुद्ध शानदार जित निकालेको नेपाल आज पनि उच्च मनोबलसहित मैदान उत्रिँदैछ। तर नेपाल ओमानभन्दा बलियो टिमका रुपमा छ। 

यसअघि गएराति सकिएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदा पाँच विकेटको क्षतिमा पुरा गरेको थियो। 

नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको योगदान दिँदा रोहित पौडेलले अविजित ६२ रनको पारी खेले।  लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा पनि अमेरिकासँग खेलेका दुबै खेल जितेको थियो। नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा ओमानसँग आइतबार खेल्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.