|

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा आज बिहान तीन जनाको मृत्यु भएको छ।

२४ जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा बर्दियाका ७० बर्षीया योगमाया योगी र कञ्चनपुरका अन्दाजी ४० बर्षीय रंगी तिरुवा र कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर छ। काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुबाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक ठोक्किएका थिए। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो। बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ। ट्रकका चालक पनि घाइते भएका छन्। 

घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.