काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।
एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ।
सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि सोमबार सर्वदलीय बैठक बोलाएका थिए। तर, एमालेले बहिष्कार गरेपछि एमालेसहितको बैठक राख्नुपर्ने निष्कर्षसहित बैठक टुंगिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।