|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। 

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेताबीच छलफल भएको हाे। 

दुई नेताबीचको भेटवार्तामा संसद सञ्चालनलगायत विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। सत्ता साझेदार दलका दुई नेताबीच मन्त्रिपरिषद विस्तार, अमेरिकी परियोजना एमसिसी, संसद सञ्चालनलगायत विषयमा छलफल भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.