|

विराटनगर : ५७ औं राष्ट्रिय बाल दिवसका अवसरमा मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष नियुक्त भएकी छन्।

‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ नारा सार्थक बनाउन बूढीगंगा गाउँपालिकाले गरेको कार्यक्रममा १६ वर्षीया सुस्मिता ऋषिदेव गाउँपालिकाको अध्यक्ष नियुक्ति भएकी हुन्। राष्ट्रिय बाल अधिकार परिषदकव सहजीकरणमा ऋषिदेवले मंगलबार दिनभरि गाउँपालिकाका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्ने छिन्।

बालबालिकाले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र  नेतृत्वले कसरी काम गर्छन् भनेर उनीहरूलाई अनुभूत गराउन जिम्मेवारी दिइएको बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए।

बालबालिकालाई स्थानीय सरकार के हो? यसले कसरी काम गर्छ भन्ने अनुभूति दिलाउँदै उनीहरूमा नेतृत्व विकासको अभ्यास गराउन नयाँ अभ्यासका रूपमा बाल दिवस मनाइएको समेत उनले बताए।

बूढीगंगा गाउँपालिकाले भदौ २८ गते सोमबार गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय बाल दिवस मनाउने सन्दर्भमा एक दिन गाउँपालिकाको एक किशोरीलाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा आज (मंगलबार) बिहान १० बजे कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षका लागि छनोट भएकी ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र दिइएको थिेयो। पत्र पाएपश्चात् सुस्मितालाई अध्यक्षको पदभार ग्रहण गराइएको थियो। पदभार ग्रहणसँगै गाउँकार्यपालिकाको बैठक राख्ने र बालबालिकासम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा गरिने छ।

बालबालिकासम्बन्धी निर्णयसँगै अध्यक्षको जिम्मेवारी पाएकी सुस्मिताले नजिकैको विद्यालय र स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम छ। अनुगमनपश्चात् पालिकाका कर्मचारी जनप्रतिनिधि र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरी अनुगमनसम्बन्धी धारणामाथि छलफल र अन्तरक्रिया गरिने प्रमुख प्रशासकीय अधिकृत बरालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.