|

काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले सोमबार बसेको महानगरीय शिक्षा समितिको बैठकले कोभिड-१९ का कारण बन्द रहेका नगरभित्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। ​

विद्यालय सञ्चालन गर्नुअघि पूर्वतयारी गरी अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने महानगरपालिकाले साेमबार जारी गरेकाे सूचनामा उल्लेख छ। आवश्यक देखिए फेरि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाले जनाएकाे छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.