|

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ मालिका माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको हत्या आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 'शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरूलाई जिल्ला ल्याइँदै छ, बाँकी छानबिनपछि खुल्छ,' उनले भने। 

प्रहरीले नियन्त्रणमा लिएका दुवै स्थानीय हुन् या बाहिरका खुलाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.