|

काठमाडौं : रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ।

इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो। उनीहरुले बीमा, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ व्यहोर्नुपर्नेछ।

​उत्तीर्णकाे सूची

​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.