|

काठमाडौं : मोरङ केराबारी गाउँपालिका–६ मा रहेको जग्गा बिक्री गर्ने भन्दै ६८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कबिहिन बनेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका– ३२ बस्ने ३६ वर्षीय रुसिल कटुवाल छन्।

कटुवाल र धीरजकुमार दाहालले दाहालको नाममा रहेको मोरङको करिब साढे कठ्ठा जग्गा नुवाकोट तारकेश्वर गाउँपालिका–२ स्थायी ठेगाना भई काठमाडौं–४ सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीबाट उक्त रुपैयाँ लिएर फरार रहेको प्रहरीमा उजुरी परेको थियो।

कटुवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। महाशाखाका अनुसार गत असार २० गते मालपोत कार्यालय मोरङमा बुझ्दा उक्त जग्गा अन्य व्यक्तिहरूको नाममा बिक्री भइसकेको अधिकारीले उजुरीमा उल्लेख गरेका छन्।

कटुवाललाई ठगी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको र फरार रहेका दाहालको खोजी भइरहेको महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.