|

काठमाडौं :  कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। र, विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।  

परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। विद्यार्थीलाई आफूले अध्ययन गरेकी विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ। परीक्षामा यस पटक चार हजार ३ सय १५ वटा परीक्षा केन्द्र तय गरिएको छ। विद्यार्थीको उत्तर पुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने जानकारी परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दिए।

गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो। बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ। आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिए। 

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ। 

परीक्षा असोज ८ गतेसम्म संचालन हुने छ। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.