|

विराटनगर : प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुबीच प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेकी छिन्।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा ‘कोरोना संक्रमण : बालबालिकाको भोगाइ र शिक्षामा असर’ विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिका सहभागिता थिए।

प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितीय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम बिर्तामोडकी भावना चौहान सान्तवना भएका छन्। प्रतियोगिताका द्वितिय, तृतीय र सान्तवनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्‍।

उनका अनुसार सहभागिबीच भदौ २७ गते अनलाइनमार्फत प्रतियोगिता गरिएको थियो। प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गरेका थिए।

यसैवीच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो। भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.