|

काठमाडौं : म्यानचेस्टर युनाईटेड नाटकीय पराजयको सिकार भएको छ।

स्विस क्लब योङ ब्वाइजसँग युनाईटेड २-१ ले पराजित हुँदा अन्तिम मिनेट योङका लागि निर्णायक रह्यो। युईएफए च्याम्पियन्स लिग अन्ततर्गत समूह एफको खेलमा म्यानचेस्टर ३५ औ मिनेटमानै १० खेलाडीमा सिमित हुन पुगेको थियो।

यद्धपि पहिलो हाफमानै रोनाल्डोले टीमलाई अग्रता दिलाए पनि अन्तिम केहि सेकेन्ड समालिन नसक्दा युनाईटेड जितबिहीन बन्न पुग्यो।

दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले ६६ औ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। इन्ज्युरी समयको अन्तिम मिनेटमा जेसी लिंगार्डको गल्तीमा योङ ब्वाइजका सिबाचुले खेल जित्न सफल भएको थियो।

खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो। ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।

३५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। वान बिसाकाले क्रिस्टोफर मार्टिन्समाथि गम्भिर ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए।

योङ ब्वाइजको यो च्याम्पियन्स लिगको इतिहासमा दोस्रो जित हो। यो समुहमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ। समुहको अर्को खेलमा भिल्ला रियल र एट्लान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.