‘आफैँलाई गाली गरौँ, सच्चिएर पार्टी बदलौँ

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन्। 

स्व. नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझिसकेको छन्। हामीले यही गठबन्धनलाई जोगाएर जान सके निर्वाचनपछि दुईतिहाइको सरकार बनाउन सकिन्छ।’ 

आफैँले आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा जानुपर्ने उनको भनाइ छ। 

प्रचण्डले भने, हामीले पछिल्लो ८, १० वर्ष अरूलाई गाली गरेर बिताएका छौँ। अब आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा लाग्नुपर्छ। आफैँलाई गाली गराैँ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ।’

विगत १५ वर्षमा पार्टीबाट एकसय जना मन्त्री बनेका बताउँदै त्यसतिर बढी ध्यान गएको बताए। गठबन्धनलाई बचाएर दुईतिहाइको सरकार बनाउनका लागि मोर्चाबन्दीको बाटो तोड्न नहुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.