|

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको खुलेको छ। 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मंगलबार नियन्त्रणमा लिएकामध्ये सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको हत्या गरेको खुलेको हो। 

दैलेख प्रहरीका अनुसार मुनाले व्यक्तिगत रिसइबीका कारण सोमबार राति अन्दाजी १ः३० बजे धारिलो हतियारले बिसीको हत्या गरेको स्वीकारेकी छन्। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटनाको अनुसन्धानका लागि नियन्त्रणमा रहेकी मुनाले हत्या गरेको स्वीकारेपछि थप अनुसन्धानका लागि दैलेख अदालतबाट म्याद थपिएको छ। 

मंगलबार ४२ वर्षीय बिसीको शव घाँटी रेटिएको अवस्थामा उनले अध्यापन गर्ने मालिका माध्यमिक विद्यालयको बरन्डामा फेला परेको थियो। स्थानीयले बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.