|

पर्सा : कोरोना कहर केही सुस्त भएको बेला यहाँका सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार भने मौलाएको पाइएको छ। पछिल्ला ४-५ दिन यताका घटनाले यस्तो देखाएको हो।

चालु भदौ महिनाको २८ गते बिहानदेखि ३१ गतेसम्म प्रहरीले तीनवटा अवैध कारोबारका घटनामा संलग्न तीन टोलीलाई हुण्डीको रकमसहित पक्राउ गर्नुले पनि यो प्रष्ट भएको छ। सीमानजिक प्रहरीका आँखा छलेर हुने अन्य अवैध हुण्डी कारोबारको कुनै लेखाजोखा नै छैन।

तर, प्रहरीले थाहा पाएर नियन्त्रण लिएका मात्र पछिल्ला ३ घटना सार्वजनिक भएपछि हुण्डी कारोबारी सलबलाउन थालेको प्रहरीले पनि आँकलन गरिसकेको छ। त्यसैको उपज हो पछिल्लो घटना। यो घटना सीमा वारिपारि गर्नेहरूसँग नभई वीरगन्जको मुटु माईस्थान चोक छेउमै कन्हैयाप्रसाद सोनारले संचालन गरेको ज्वेलर पसलभित्र छापा मारी ३८ लाख ५१ हजार १ सय नेपाली अवैध हुण्डी रकम प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार त्यहाँ खानतलासी लिँदा उक्त रकम बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। यो घटनामा केपी ज्वेलरका संचालक ४५ वर्षीय कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुरका २० वर्षीय दीपक सर्राफलाई पनि नियन्त्रणमा लिएको उनको भनाइ छ।

०७६ साल असार महिनामा पनि यही पसलबाट छापा मारी प्रहरीले ४१ लख ९२ हजार ९ सय रुपैयाँ हुण्डी रकम र २ किलो ९० ग्राम चाँदीसहित ८ जना अभियुक्तलाई  पक्राउ पनि गरेको थियो। सो समयमा पसलका संचालक कन्हैया उम्केका थिए। तर, योपटक भने उनी पनि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

पसलका संचालक वीरगन्ज महानगरपालिका-६ का बासिन्दा हुन्। रीतपूर्वक खानतलासी लिई दषीप्रमाणसहित पक्राउ परेका अभियुक्तहरुलाई बैंक वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका खनालले भने। 

गएको २८ भदौमा वीरगन्जका आसिफ अन्‍सारी ५ लाख अवैध नेपाली हुण्डी रकमसहित सीमा नजिक शंकराचार्य गेट नजिकबाट पक्राउ परेका थिए। ३० भदौमा प्रतिबन्धित भारतीय नोट १ लाख ४८ हजार ५ सससहित पर्साकै बहुदरमाई नगरपालिका-४ का अजय कुमार शर्मा पक्राउ परेका थिए।

यी घटनाले अवैध नोटकै कारोवारमा पनि कारोवारीहरु ब्ढि सल्बलाएको प्रहरीले आशंका गरेको छ। अनुसन्धान र ध्यान पनि प्रहरीले अहिले यता केन्द्रित गरेको पनि जनाएको छ। उक्त रकमबाहेक पनि पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २४ लाख ६८ हजार ६ सय २० रुपैयाँ नेपाली नोट पर्साबाट मात्र बरामद भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.