|

जनकपुरधाम : बलात्कार र गर्भ संरक्षणविरूद्धको कसुर मुद्दामा फरार एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २३ वर्षीय आकाश झालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार झामाथि घरमा काम गर्ने एक महिलाकी १३ वर्षीया छोरीलाई ललाइफकाई प्रलोभनमा पारी लामो समय यौन शोषण गरी गर्भवती बनाएको र पछि साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चासमेत वेपत्ता गराएको आरोप छ।

पीडित परिवारका अनुसार बालिकाको आमा बिरामी हुँदा आमाको ठाउँमा काम गर्न गएको बेला गत पसमा आकाशले घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेका थिए।

त्यसदिन पहिलो पटक बलात्कार गरेका आकाशले त्यसपछि बालिकालाई विहेको प्रलोभन देखाई लगातार ८ महिना सम्म यौन शोषण गरेको पीडित परिवारको आरोप छ।

आकाश र उनको बुबा युद्धनाथ र ममता झाले जनकपुरधामस्थित केयर मेडिकल सेन्टरमा लगेर चिकित्सकलाई समेत प्रभावमा पारी बालिकालाई नसालु औषधि खुवाई ७ महिनाको गर्भपतन गराएको आरोप बालिकाको परिवारले लगाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.