|

काठमाडौं : गौरव पहाडी र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'घिन्ताङ'को छायांकन सुरु भएको छ। दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म शुक्रबारदेखि फ्लोरमा गएको हो। 

अघिल्लो वर्ष नै फ्लोरमा जाने चर्चा भएको फिल्मको काम कोरोनाका कारण सुरु हुन सकेको थिएन। कोरोना संक्रमणको दर कम भएसँगै 'घिन्ताङ'को छायांकन पनि सुरु गरिएको हो। 

'अजम्बरी माया', 'आमाको आशीर्वाद', 'दुःख', 'हिम्मत' लगायतका सफल फिल्म निर्देशन गरेका दीपक ७ वर्षको विश्रामपछि निर्देशनमा फर्किएका हुन्। यो फिल्म आफ्ना अघिल्ला फिल्महरू भन्दा फरक रहेको उनले बताउँदै आएका छन्। 

'घिन्ताङ' मन्दिरा मधुश्रीको कथा 'मासुको मुल्य'मा आधारित फिल्म हो। फिल्ममा निर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.