|

काठमाडौं : बलिउड महानायक अभिनेता अमिताभ बच्चनले आफ्नो जीवनको पचास वर्षभन्दा बढी समय यस क्षेत्रमा बिताएका छन्। डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले दर्जनौँ सुपरहिट फिल्म दिएका छन्।

सन १९७२ को कुरा हो फिल्म निर्देशक ऋषीकेश मुखर्जी मिलेर एउटा म्युजिकल फिल्म बनाउँ भनेर अमिताभलाई प्रस्ताव गरे। अमिताभ फिल्ममा लगानी गर्न राजी भए। फिल्ममा मुख्य भूमिकामा अमिताभ र जया बच्चन देखिँदै थिए।

अमिताभलाई फिल्मको सबै कुरा मन परिरहेको थियो तर फिल्ममा प्रयोग हुन लागेका गीतहरूसँग आपत्ती थियो। उनले निर्देशकलाई या गीतका शब्द बदल्न या त गीत नै हटाउन भने तर निर्देशक मानेनन्। अन्ततः फिल्ममा तिनै गीतलाई कत्ति पनि फेरबदल नगरी राखियो। त्यो फिल्म थियो 'अभिमान'।

सन १९७३ मा प्रदर्शनमा आएको उक्त फिल्म गीतकै कारण सुपरहिट भयो। 'अभिमान'का 'अब तो हे तुमसे हर खुशी अपनी', 'लुटे कोही मनका नगर', 'नदिया किनारे', 'पिया बिना' लगायतका गीत अहिलेसम्म पनि चर्चित छन्। गीतकै कारण श्रीलंकामा यो फिल्म दुई वर्षसम्म चलेको थियो।

लगभग डेढ करोडमा बनेको उक्त फिल्मले साढे त्रिचालिस करोडभन्दा बढीको ब्यापार गरेको थियो। अभिमान मुख्य कलाकार अमिताभ र जया बच्चनको मात्र होइन गायक गायिका लता मंगेशकर, मनहार उधास र किशोर कुमारको करिअरको पनि महत्त्वपूर्ण फिल्म बन्यो। अभिमानका गीतमा संगीत भरेका सचिन देव वर्मनले फिल्म फेअरबाट उत्कृष्ट संगीतकारको अवार्ड पनि पाएका थिए।

अहिले अमिताभ गीत हटाउन भनेको कुरालाई रमाइलो घटनाको रुपमा सम्झन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.