|

पछिल्लो तीन दिनदेखि सोनु सुदको घर र उनीसँग जोडिएका संस्थाहरुको छानबिन गरिरहेको आयकर विभागले सोनुले कर छली गरेको प्रमाण भेटेको दाबी गरेको छ। अभिनेता सोनु सुदले २० करोड कर छली गरेको पर्याप्त प्रमाण आफूहरुसँग भएको आयकर विभागले दाबी गरेको हो। 

सोनुले नक्कली संस्था बनाइ असुरक्षित ऋणको रुपमा पैसा जम्मा गरेको आयकर विभागको आरोप छ। सिबिडिटी (सेन्ट्रल बोर्ड फर डिरेक्ट ट्याक्स)का अनुसार आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली लगायतका २८ ठाउँमा छापा मारेको थियो। 

भारतीय सञ्चार माध्यमका अनुसार लखनउका ठूला व्यवसायी अनिल सिंहको कार्यालयमा पनि आयकर विभागले छापा मारेको छ। अनिल र सोनु विभिन्न कारोबारमा साथी रहेको बताइएको छ। यतिबेला आयकर विभागले ती सबै व्यक्ति र संस्थाहरूको छानबिन गरिरहेको छ। जोसँग सोनु जोडिएका छन्। 

सामाजिक सञ्जालमा निकै सक्रिय रहने सोनुले आयकर विभागले गरिरहेको छानबिनलाई लिएर भने कुनै प्रतिक्रिया दिएका छैनन्। सोनुले अघिल्लो वर्ष भएको लकडाउनमा सोनु सुद फाउन्डेसनमार्फत अलपत्र परेका प्रवासी मजदुरहरूलाई घर जान यातायातको व्यवस्था मिलाइदिएका थिए। उक्त फाउन्डेसनमा जम्मा भएको रकम पारदर्शी ढंगले खर्च नभएको आरोप पनि उनीमाथि लागेकाे छ। 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.