|

काठमाडौं : थाहाकर्मी दिनेश न्यौपाने ‘कोभिड डिफेन्स अवार्ड २०२१’ बाट सम्मानित भएका छन्।

फोकस नेपाल नामक संस्थाले आयोजना गरेको ‘विश्वव्यापी कोभिड प्रभावमा उर्जा क्षेत्र, चुनौती र अवसरहरू’ विषयक कार्यक्रममा पत्रकार न्यौपानेलाई कोभिड डिफेन्स अवार्ड २०२१ बाट सम्मानित गरेको हो।

कोभिड १९ को महामारीको समयमा पनि ज्यान जोखिममा राखी पत्रकारितामा क्रियाशील भएर लागेको भन्दै संस्थाले संविधान दिवसको अवसरमा न्यौपानेलाई अवार्डबाट सम्मानित गरेको हो। कार्यक्रममा न्यौपानेलगायत विभिन्न पेसा व्यवसायमा रही उत्कृष्ट काम गर्ने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.