|

काठमाडौं : कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्।

फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै  भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले 'टिभिएस अपाचे' बाइक पाएका छन्। गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.