|

दाङ : भर्खरै मात्र नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ। उक्त निर्वाचनमा पुराना नेताभन्दा बुबाहरू निर्वाचित भएका छन्। त्यस्तै, अब  जिल्लामा  नगर अधिवेशनको चर्चा सुरु भएको छ।

आगामी असोज ९ गतेका हुने गाउँ-नगर अधिवेशनमा विशेष गरी जिल्लाका २ उपमहानगरमा कसले लिन्छ, सभापति भन्ने चासोको विषय बनेको छ। अहिले तुलसीपुरमा ३ जना र घोराहीमा २ जनाको चर्चा चलेको छ। सबै युवाहरू रहेका छन्।

तुलसीपुर उपमहानगरपालिकामा ३ जना आकांक्षी देखिएका छन्। तीमध्ये एक जना सुरेश हमाल यातायात क्षेत्र,  शोभाकर सापकोटा सामुदायिक वन महासंघ र अनिल कार्की विद्यार्थी राजनीतिको क्षेत्रमा चर्चित व्यक्ति हुन्। हमाललाई पूर्वमन्त्री तथा केन्द्रीय दीपक गिरी समर्थनको नेतृत्वका रूपमा लिइन्छ, भने कार्कीलाई  पूर्व-सांसद गेहेन्द्र गिरीको खेमाको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै अर्का सापकोटाले भने कांग्रेसको स्वतन्त्र रूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ। ३ जना आकाङ्क्षीहरू अहिले चुनावी दौडाहामा छन्।

तुलसीपुर उपमहानगरपालिका ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकांक्षी हुन्। हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालतिर नेविसङ्घको तर्फबाट चुनाव लडेर स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका थिए।  यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा पनि केन्द्रीय उपमहासचिव तथा हाल सल्लाहकारको भूमिकामा रहेका हमाल जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत  जिम्मेवारी लिएका व्यक्ति हुन्।

त्यस्तै, सापकोटा २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयको नेविसंघ इकाई सभापति भएका थिए। उनी २०६३ चैत २६ गते भएको राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका थिए। त्यस्तै २०५६ सालमा सापकोटा नेविसंघ क्षेत्र नं. ४ को क्षेत्रीय सचिव बनेका थिए। २०५८ सालमा नेपाली कांग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारीमा थिए।

त्यसपछि उनी सामुदायिक वन महासंघ दाङमा प्रवेश गरेका थिए। सापकोटाले २०५८ सालदेखि २०६३ सालसम्म लगातार दुई कार्यकाल सामुदायिक वन महासङ्घको जिल्ला सचिव र २०६७ सालदेखि २०७६ सालसम्म वन महासङ्घको अध्यक्षको भूमिकामा रहेर काम गरेका थिए।

यस्तै, २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसङ्घको तर्फबाट चुनाव लडेर स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकांक्षी हुन्। त्यसपछि स्ववियु निर्वाचन हुन नसकेको हुँदा हालसम्म पनि कार्की नै स्ववियु सभापतिको अस्तित्वमा कायमै छन्। कार्की भदौ २२ गते तुलसीपुर ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका व्यक्ति हुन्। युवामाझ लोकप्रिय छवि बनाएका कार्की नेपाली कांग्रेस दाङका पूर्व सभापति तथा पूर्व सांसद गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुने मध्यका एक युवा हुन्।

उता, घोराही नगर सभापतिका लागि आकांक्षी युवा नेता तथा घोराही उपमहानगरपालिका १५ का वडाध्यक्ष रमेश पाण्डे र तिलक रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। दुवै आकांक्षी फरक–फरक समयको अन्तरालमा विद्यार्थी राजनीतिबाटै माथि आएका हुन्। नगर सभापतिका प्रत्यासी  पाण्डे नेपाली कांग्रेसको संस्थापन पक्षको राजनीतिमा जोडिएका नेताका रुपमा चिनिन्छन्।  पाण्डेको उम्मेदवारीलाई जिल्ला सभापति कृति बहादुर खड्का र कांग्रेस केन्द्रीय सदस्य अनिता देवकोटाको समर्थन रहेको बताइएको छ।

घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा २०५० देखि नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गरेका हुन्।  

पाण्डे नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भने नगर सभापतिमा पराजित भएका थिए। करिब ६ वर्षपछि पुनः १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए।

नगर सभापतिकै अर्का आकांक्षी तिलक रावत हुन्। उनले नेपाल विद्यार्थी संघको सक्रिय राजनीति वि.सं. २०६३ सालमा थालेका हुन्।

त्यसपछि वि.सं. २०६५ सालमा दीपशिखा स्कुलमा अध्ययन गर्दागर्दै त्यहाँको पनि इकाई सचिव भए। वि.सं. २०६९ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापतिको भएका थिए। रावतलाई क्षेत्रीय सभापति भूपबहादुर डाँगी र पूर्व सांसद राजु खनालको समर्थन रहेको बताइन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.