|

‘अमेरिकाबाटै एमसिसीको प्रतिनिधि मण्डल आउने रे एम.सि.सी. बारे प्रष्ट पार्न’ भन्ने समाचार सुन्दा म सबैभन्दा खुशी भएको थिएँ। किनभने त्यसभन्दा मैले पक्ष र विपक्षमा गरिेएका बहसमा केही नेपाली मात्र उभिएको देखेको थिएँ।

दुई जना अमेरिकी प्रोफेसरले ‘एम.सि.सी.’ बाट नेपालले धेरै अपेक्षा राख्नु हुँदैन। त्यो नेपाल सरकारलाई अमेरिकी सरकारको सहयोग होइन, एउटा अमेरिकी कम्पनीको लगानी हो’ भन्ने सुनेपछि मेरो मन चिसो भएको थियो।

मैले त्यसको सामान्य हिसाबमा विरोध गरेको थिएँ। नेपालमा बसेका साथीभाई कुरो बुझेनछन् कि भन्ने पनि मलाई लाग्यो। जे भए नि नेपालका लागि एम.सि.सी. काम लाग्दैन भन्ने लागेको विरोध पनि लागेको जस्तै मलिलो थियो। 

अहिले अमेरिकालाई चुनौति दिने शक्तिहरु धेरै छन्। एउटा उत्तर कोरियालाई नाकाबन्दी लगाएर पनि जित्न नसकेको अमेरिकालाई नजीकैको क्युबाले आनन्दले निदाउन दिएको छैन। विभाजित सोभियत संघको उत्तराधिकारी रुसको सामरिक शक्ति पनि अमेरिका भन्दा थोरै छैन। चीनको कुरै नगरौं।

एकातिर विरोध चर्किंदै गयो। एमसिसी पक्षधरहरु थौरै लोलाउन पनि थाले। उनीहरु जवाफ बिहिन भए।

शेरबहादुरजी एकजना मात्र त्यसको पक्षमा चर्किएर बोल्न थाल्नु भएको थियो। त्यसैबेला मेरा एकजना विद्धान मित्रले नेपालीले ‘एमसिसी मान्छेले भनेजस्तो होइन प्रदीपजी, धेरै विरोधमा नलेख्नुस’  भन्नु भएपछि मैलै तीन हप्ता केही लेखिन। फातिमा सुमार नेपाल आउँदा म न समर्थन न विरोधको अवस्थामा थिएँ।

तर फातिमा सुमारले जसरी आफ्नो गतिविधि शुरु गरिन्, त्यसले मेरो मनमा हजारौं प्रश्न जन्मायो। उनी नेताहरुको घर घरमा गएर ‘तपाई एम.सि.सी. को पक्षमा कि विपक्षमा’ भन्दै अन्तरवार्ता लिन थाले पछि मलाई लाग्यो, ‘एम.सि.सी. को विरोध गर्नै पर्ने रहेछ। विरोध गरिरहेका भाइ बहिनाले ठीक गरेका रहेछन्। नेताहरुले कुरा चपाएका रहेछन।’

अमेरिका एउटा शक्तिसम्पन्न, धनी र आप्रवासीहरुको देश हो। त्योसँग भएका हतियारहरुको एक प्रतिशतले पनि नेपाललाई ध्वस्त पार्न सक्छ। यस्तो अवस्थामा फातिमा सुमारले एम.सि.सी. तपाईहरुलाई यसरी यसरी फाइदा दिन्छ। यसको पछाडी ‘हिडेन एजेण्डा’ छैन। संसदबाट पास गर्नुस्।

पाँच वर्षमा यसरी तपाईहरुले यस्तो फाइदा पाउनु हुनेछ, भनेर भनेको भए उनीप्रति र सँगसँगै एमसिसी प्रति पनि सकारात्मक ढंगले सोच्न सकिन्थ्यो। तर हकार्ने, धम्क्याउने काम गरेर तिनले आफूलाई नेपाली नागरिकको आँखाबाट धेरै तल झारेकी छन्।

नेपालीलाई कसैले धम्की नदिनु। नेपाली जाति साथीको लागि मर्न नडराउने जीन भएको जाति हो। दोश्रो विश्वयुद्धमा गोर्खाली सेनाले युरोपमा हावाकावा खेलाएकै हुन्। उसै पनि अमेरिका सबै ठाउँबाट हारेरै घर फर्किएको हो।

अमेरिका दक्षिण कोरियालाई बिल्टुवा पारेर आफूमिठो कफी खान घरतिर लागेकै हो। भियतनामको डरलाग्दो लडाईंमा हारेर भागेकै हो। मध्यपूर्वमा पनि त्यसैले शान्तिको पाठ पढाउन सकेन। पछिल्लो समयमा अफगानिस्तानबाट भागेर हिंडेकै हो।

सधैं सूर्य स्थीर भएर एकै ठाउँमा रहिरहँदैन। त्यो उदाउँछ, उकालो लाग्छ, तैरीन्छ र बिस्तारै ओरालो लाग्न थाल्छ अनि अस्ताउँछ। सबै साम्राज्यवादी देशहरुको नियति पनि त्यही हो। सोभियत संघको बिघटनपछि एकल महाशक्ति बनेर चुरीफुरी गरिरहेको छ अमेरिका।

अमेरिकालाई, समय आफ्नो गतिमा चलिरहन्छ, आफूले त्यो चलायमान समयलाई चिन्नुपर्छ तब मात्रै पृथ्विमा अगुवा भैरहन सकिन्छ भन्ने कसैले किन सल्लाह नदिएको होला ? किनभने अहिलेको समय लिटल बोइ र फ्याटम्याने जापान मच्चाएको नरसंहारको समय होइन।

अहिले अमेरिकालाई चुनौति दिने शक्तिहरु धेरै छन्। एउटा उत्तर कोरियालाई नाकाबन्दी लगाएर पनि जित्न नसकेको अमेरिकालाई नजीकैको क्युबाले आनन्दले निदाउन दिएको छैन। विभाजित सोभियत संघको उत्तराधिकारी रुसको सामरिक शक्ति पनि अमेरिका भन्दा थोरै छैन। चीनको कुरै नगरौं।

प्रत्येक महिना नयाँ परियोजना सम्पन्न गर्ने चिनले नेपालमा एम.सि.सी. आउने बेलासम्म के के चमत्कार गरी सिध्याउने हो, अहिले केही भन्न सकिन्न।

हाम्रो हालत के हुने हो ? बढीमा भियतनाम। अमेरिका पसेपछि सबै मुलुकमा अमन, चयन समाप्त हुन्छ। यो एम.सि.सी.को पक्षमा अमेरिकाले पालेका गोठाला बाहेक अरु कोही छैनन्।

होइन, तिमीहरुलाई समाप्तै पारेर, दक्षिण एशियामा अशान्तीको बीउ रोपेरै भन्ने हो पनि हाम्रो कुनै प्रतिकृया हुने छैन। यस्तो प्रतिकृया त गोली पड्किन थालेपछि मात्र आउने हो।

कम्युनिस्ट पार्टीका नेत्रविक्रम चन्ददेखि राजा ज्ञानेन्द्रसम्म (यी दुइ ‘एक्सट्रीम’ हुन) को स्वर एकै छ। पुर्खाले लडेर जोगाएको हाम्रो मातृभूमिमा कसैको कर्के आँखा नपरोस्। भियतनामी गुरिल्ला युद्धको कथा पढेका थियौं  हामीले। त्यो आएछ भने पनि डराएर भाग्ने ठाउँ कतै छैन।’

हाम्रा नेताहरुलाई ‘अब हाम्रो सहयोग’ नचाहिने भो भनेर हकार्ने फातिमा सुमारलाई, म भए भन्ने थिएँ – मातृभूमिलाई बन्धक राखेर हामी कसैसँग पनि सहयोग लिँदैनौं। यसपालि नेताहरुले राम्रो मुखले भन्नु भएछ, ‘सत्तापक्षले प्रस्ताव ल्याएकै छैन। ल्याएपछि सोचौंला।’

सत्तापक्षका नेताहरुले भन्नुभएछ, पाँच पार्टी लिेर मकाम गर्नु परेको छ। यो सकिएपछि प्रतिपक्षसँग कुरा मिलाउनु पर्छ। समय लाग्ला, पास त हुन्छ नै।’ यो एउटा राम्रो कुटनीतिक जवाफ हो। 

समय लिने यो एउटा राम्रो तरीका पनि हो। अमेरिकाले बुझ्दा उनीहरुले नै एकतर्फी रुपमा प्रोजेक्ट खारेज गरिदिए पनि केही छैन। हामी नेपाली कुनै होहल्ला नगरी यो एम.सि.सी. लाई बिर्सिदिउला।

होइन, तिमीहरुलाई समाप्तै पारेर, दक्षिण एशियामा अशान्तीको बीउ रोपेरै भन्ने हो पनि हाम्रो कुनै प्रतिकृया हुने छैन। यस्तो प्रतिकृया त गोली पड्किन थालेपछि मात्र आउने हो। हामीले कहिल्यै युद्ध चाहेनौ, अहिले हामी कसैसँग युद्ध चाँहदैनौं। यदि कतैबाट जबरजस्ती थोपरिन्छ भने नेपालीहरु हात बाँधेर बस्ता रहेन छन् फातिमाको यात्रा कालमै देखिहाल्नु भोनि !

कसैले एम.सि.ए. नाममा जबरजस्ती खोस्न खोजेको जग्गा मूल मालिकलाई दिलाई दिएको उदाहरण त सबैले देख्नु भएकै थियो होला टेलिभिजनको पर्दामा।

सँगै बाचौं, सँगै नाचौं, सेतो कालो भन्ने के हो ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.