|

हलिउड फिल्म 'फरेस्ट गम्प' को ह्रिन्दी रिमेक 'लाल सिंह चड्ढा' को छायांकन सकिएको छ। आमिर खानको मुख्य भूमिका रहेको फिल्मको छायांकन दुई वर्षमा सकिएको हो। 'लाल सिंह चड्ढा'को छायांकन विभिन्न सय लोकेसनमा गरिएको छ। 

फिल्ममा आमिरसँगै करिना कपूर र नागा चैतन्य पनि मुख्य भूमिकामा देखिँदै छन्। फिल्मलाई यस वर्ष क्रिसमसमा रिलिज गर्ने तयारी गरिएको छ।

सन् १९९४ मा प्रदर्शनमा आएको हलिउड फिल्म 'फरेस्ट गम्प' ले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशकलगायत ६ विधामा अस्कर जितेको थियो।

शताब्दीकै उत्कृष्ट फिल्म मध्येमा गनिएको 'फरेस्ट गम्प' को हिन्दी रिमेक भनेदेखि नै चर्चामा रहेको 'लाल सिंह चड्ढा' बलिउड अभिनेता आमिरका कारण पनि बहुप्रतिक्षीत मानिएको छ। उनी यो फिल्म मार्फत ३ वर्षपछि पर्दामा देखिँदै छन्। यसअघि उनी सन् २०१८ मा 'ठग्स अफ हिन्दुस्तान' मा देखिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.