|

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालका लेग स्पिन सन्दीप लामिछानेले पनि तीन विकेट झारेका छन्।

सन्दीपले ओमानका मोहम्द नेदिम, सुरज कुमार र नेस्टोर धम्बालाई आउट गरेका छन्। यो सहित नेपालले छैटौं विकेट लिएको छ। बलिङमा पाँच ओभर सम्हालेका करण केसीले तीन विकेट लिएका छन् भने १२ औं ओभरमा पहिलो बलिङ गरेका लामिछानेले पनि तीन विकेट लिएका छन्।

टस जितेर पहिले बलिङ रोजेको नेपालले पहिलो दुई ओभरमै ओमानका ओपनर जतिन्द्र सिंहलाई पेभेलिएन फर्कायो। नेपालका करन केसीले ओमानका जतिन्द्र सिंहलाई दोस्रो ओभरको चौथो बलमा क्याच आउट गरेका छन्।

दोस्रो विकेट पनि करनले नै झारेका छन्। सिंहले १३ बलमा १३ रन जोडेर आउट भए भने दोस्रो विकेटको रुपमा सुफेन महोमद छैटौं ओभरमा आउट भए। उनी १६ बलमा ४ रन जोडेर पेभेलिएन फर्किएका छन्।

करनले नै तेस्रो विकेट झारेका छन्। ८ औं ओभरमा आयान खानलाई पेभेलिएन फर्काए। खानले १८ बल खेल्दै ७ रन जोडे। १८ ओभर खेल्दै क्षतिमा ओमानले ५५ रन जोडेको छ।

ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ।

तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो।

लिग–२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.