|

ओमानमा पनि संविधान दिवस मनाइएको छ। संविधान दिवसका अवसरमा ओमानको अल–अमिरातस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप–कप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेका थिए।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल भने बुवाको निधन भएको एक वर्ष नपुगेकाले साथमा उभिएका मात्र थिए। नेपाल र ओमानको झण्डा अंकित केक बनाइएको थियो। 

ओमानका लागि नेपालका राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन्। कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकजबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारीहरू, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीसमेत उपस्थिति थिए।

यसबाहेक संविधान दिवसका अवसरमा शनिबार साँझ नेपाली दूतावास परिसरमा दीप प्रज्ज्वलन गरिएको थियो। साथै आइतबार बिहान दूतावासमा राजदूत ढकालले नेपालको झण्डा झण्डोत्तोलन गरेकी थिइन्। त्यस्तै, नेपाल–ओमानको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो। 

संविधान दिवसको दिन यसअघि अझ भव्य कार्यक्रम हुने भए पनि यसपटक कोभिड–१९ प्रोटोकलका कारण ठूलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.