|

दैलेख : राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कार्य समितिसहित कर्णाली प्रदेशका अध्यक्षको टोली नै आइतबार नेकपा एमाले प्रवेश गरेको छ।

जनमोर्चा जिल्ला कार्य समिति दैलेखको सम्पूर्ण कार्य समितिको टिम र कर्णाली प्रदेशका अध्यक्षसहित ४ जना सदस्यले एमाले प्रवेश गरेका एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए।

राष्ट्रिय जनमोर्चा दैलेखका नेता कविराज खत्रीका अनुसार जनमोर्चा जिल्ला समिति दैलेखले एमालेमा जाने निर्णय गरेकाले सम्पूर्ण दैलेख जिल्ला कमिटी र जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, प्रदेश कमिटीका ४ जना सदस्यले एमाले प्रवेश गरेकोे बताए।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान काठमाडौंमा उनीहरू एमाले प्रवेश गरेको राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले जानकारी दिए।

यस्तै, जनमोर्चा दैलेखले पार्टी केन्द्रले दक्षिणपन्थी सामन्त, दलाल र वर्ग दुस्मन पार्टीसँग तालमेल गरी कम्युनिष्ट पार्टीको सरकार अपदस्थ गर्न भूमिका खेली कम्युनिष्टप्रति गद्दारी गरेकाले आफूहरूले जनमोर्चा परित्याग गरी एमाले प्रवेश गरेको पार्टी सचिव सुरतबहादुर रावतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.