|

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।

घरेलु मैदान अल अमिरातमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो।

नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए। कप्तान ज्ञानेन्द्रले आशिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे। त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे।

ओमानका लागि सशक्त बलिङ गरेको नेपालसामु घुँडा टेकेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए। नेपालका करन केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए। यस्तै शरद भेषावकरले २ विकेट झारे। लिग–२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो। 

४ खेलको सिरिजमा नेपालले २ मा मात्र जित निकालेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। आजकाे जितसँगै लिग–२ मा नेपाल ८ अंक जोडेर चाैथाे स्थानमा उक्लिएकाे छ।

ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ। लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाइमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.