|

जनकपुरधाम : पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेकी छिन्।

जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर उनको स्वागत गरेको थियो।

हिमानी ट्रष्टले भोलि सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन्।

ट्रष्टले सोमबार जनकपुरधामको सकल भवन कन्या मावि स्कुलमा खानेपानीका सामाग्री (वाटर फिल्टर) वितरण गर्दै छ।

यसअघि उनलाई जनकपुर विमानस्थलमा समेत भव्य स्वगत गरिएको थियो।

यता जनकपुरमा हिमानीको स्वागत गर्नुअघि राष्ट्रवादी नागरिक समाज धनुषाले 'राजा आऊ, देश  बचाऊ', 'हिन्दू राज्य कायम गर' लगायत नारा लेखिएका प्लेकार्ड बोकेर जनकपुर परिक्रमा गरेका थिए। उनी भोलि नै काठमाडौं फर्किने छिन्।

(तस्वीर)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.