|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४४ लाख कोरोनाविरुद्धको खोप आइसकेको भन्दै अब १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताएका छन्।

आजको संघीय संसद बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिदैँ राज्यमन्त्री श्रेष्ठले ४४ लाख कोरोनाविरुद्धको खोप आइसकेकाेले १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताएका हुन्।

उनले खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्षमाथिका उमेर समूहलाई खोप व्यवस्था गरिने समेत बताए। उनले भने, ‘४४ लाख खोप आइसकेको छ। अहिलेसम्म १ करोड ७७ लाख खोप आएको छ।

अहिले १० दिन खोप वितरण गर्ने योजना छ। जसमध्ये यो १८ वर्षमाथिका छुटेका विभिन्न सेक्टरमा लागेका सबैलाई खोप दिने व्यवस्था गर्न लागेका छौँ।’

राज्यमन्त्री श्रेष्ठले उत्तरी भेगका १३ वटा जिल्लामा पूर्णरुपमा खोप लगाउने व्यवस्था गर्न लागेको पनि भयाे। 

भारतबाट १० लाख डाेज असाेजभित्रै  

यस अघि सरकाले भारतको सेरम कम्पनीबाट खरिद गरेको तर आउन बाँकी रहेको १० लाख कोभिसिल्ड खोप असोजको महिनाभित्र आउने भएको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले उक्त खोप छिट्टै आउने खबर आएको बताए।

यसअघि गत ५ फागुनमा सेरमसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी थप २० लाख डोज कोभिसिल्ड खरीद गर्ने सम्झौता गरेको थियो। सो सम्झौता अनुसार १० लाख डोज त्यतिबेला नै आएको थियो।

त्यसबेला भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँको उच्च अदालतले आफ्ना नागरिकलाई खोप लगाउने सुनिश्चित गरेपछि मात्रै अन्य देशमा निर्यात गर्नु भनेर सरकारको नाममा आदेश दिएपछि सरकारले खोप निर्यातमा प्रतिवन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.