|

बैतडी : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडी जिल्ला सभापतिका लागि संस्थापन पक्षका शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्।  

सोमबार दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसकेका छन्।

सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा पनि उनी जिल्ला सभापति रहेका थिए। भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा गरेका छन्। विष्ट हाल जिल्ला सचिव र धामी सिगास गाउँपालिकाका अध्यक्ष रहेका छन्।

यसैगरी सचिव पदमा कर्ण बोहरा र रमेश भण्डारी रहेका छन्। बोहरा हाल जिल्ला सहसचिव र भण्डारी जिल्ला सदस्य रहेका छन्। सहसचिवमा तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट र जिल्ला सदस्य रहेका रमेश कोलीले उम्मेदवारी घोषणा गरेका छन्।

कोषाध्यक्ष भने निर्वाचन सदस्यबाट चयन गरिन्छ भने सदस्यहरूको नाम केही दिनमै टुंगो लगाइने जनाइएको छ। भट्टले पार्टीलाई बलियो बनाउन र अगामी स्थानीय तहको निर्वाचनमा  कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए।

कार्यक्रममा कांग्रेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका प्रताप ठगुन्ना, पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो। पौडेल पक्षबाट भने अहिलेका उपसभापति चतुरबहादुर चन्दले सभापतिका लागि असोज ६ गते उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ। जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.