|

काठमाडौं : अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँगको हारबाट जोगिएको छ। घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो।

बार्सिलोनाको घरेलु मैदानमा ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमानै गोल गर्दै सुरूवाती अग्रता दिलाए। तर त्यसपछि अधिकांस समय बार्सिलोनाले खेल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन्।

ग्रानडासँग हारको संघारबाट जोगिएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो क्लब भविष्यका बारेमा अब आफुले कुनैपनि जवाफ नदिने बताए। उनले क्लबको भविष्यका बारेमा गरिने प्रश्न जायज नभएको दाबि गरे।

यद्धपि रोनाल्ड अरुजोले बललाई जाली चुमाउदै बार्सिलोनालाई हरको संघारबाट जोगाएका थिए। ४ खेलमा ८ अंक जोडेको बार्सिलोना सातौं स्थानमा छ। गत साता बार्सिलोना च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग पराजित भएको थियो।

लगातार खराब प्रदर्शनबाट बार्सिलोना गुज्रिएसँगै कोम्यानको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। यद्धपी उनले आफुसँग अनुभवी खेलाडी नहुँदा समस्या भएको बताउँदै आएका छन्। 'हामीले खेल रणनीतिमा केही परिवर्तन गरेका छौं।  हामीसँग शीर्ष खेलाडी नै छैनन। तरपनि हामीले टोलीको क्षमता अनुसारको प्रदर्शन गर्दै आएका छौ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.