|

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्डलाई अर्को  झट्का लागेको छ। केहि दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरिज रद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरिज रद्ध गरेको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रद्ध गरेको जनाएको छ।

इंग्ल्यान्डको पुरुष र महिला दुबै टिमले १३ र १४ अक्टोबरमा पाकिस्तानको पुरूष र महिला टिमसँग दुई-दुई खेलको टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको थियो। यि सबै खेल रावलपिन्डीमा खेलाउने तयारी थियो। त्यसपछि पुरूष टिम फर्किने कार्यतालिका भएपनि महिला टिमले भने १७ देखी २१ अक्टोबर सम्म ३ एकदिवसीय खेल खेल्ने कार्यतालिका रहेको थियो।

इसिबीले एक विज्ञप्ती जारी गर्दै भनेको छ 'हामी पाकिस्तानमा पुरुष र महिला टीम पठाउन चाहन्थ्यौं। तर अहिलेको अबस्थालाई मध्यनजर गर्दै सिरिज रद्ध गर्नु परेको छ।' इसीबीले खेलाडीको सुरक्षा भन्दा ठुलो खेल नहुने भन्दै डरपूर्ण माहोलमा खेल खेल्न संभव नहुने उसको भनाई छ। उसले खेलाडी कोरोनाका कारण पहिले देखिनै मानसिक र शारिरिक समस्या भोगिरहेको भन्दै थप अतिरिक्त दबाब झेल्न खेलाडी असमर्थ रहेको उसले जनाएको छ।

अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै पाकिस्तानमा अन्य देशहरु खेल्नका लागि अहिले ससंकित रहँदै आएका छन्। साथै इन्टेलिजेन्स रिपोर्टमा समेत सुरक्षा खतराका बारेमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.