|

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आज बिहान स्वदेश फर्किएको हो। 

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। नेपालले ओमानमा चार खेल खेलेको थियो। चार खेलमा नेपालले दुई जित निकालेको थियो।

नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो। त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो।

ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अंक जोडेको छ। ओमान १३  खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.