|

काठमाडौं : अमेरिकाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुले प्रवेश पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । 

बेलायत, युरोपेली संघ लगायतका देशका नागरिकका लागि यात्रा प्रतिबन्ध खुकुलो पारिएको हो। खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुले कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङपछि अमेरिका जान पाउने छन्। यात्रा प्रतिबन्ध फुकुवाको नियम आगामी नोभेम्बरदेखि लागू हुनेछ। 

कोभिड नियन्त्रणका लागि भन्दै १८ महिना अघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरु लागू गरिएको थियो। ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिकाको नयाँ नियम देशका आधारमा भन्दा पनि व्यक्ति केन्द्रित हुने बताएको छ। 

अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरुमा लगाइएको थियो। पछि अन्य देशका लागि विस्तार गर्दै लगिएको थियो। हाल पछिल्लो १४ दिनभित्र बेलायत, अन्य युरोपेली देश, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्रजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको छ। 
नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरुमा लागू हुने हो भन्ने स्पष्ट भइसकेको छैन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.