|

काठमाडौं :  पारू राई  र मनोज थापा मगरको स्वरमा रहेको गीत 'यो माया होइन र'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ। गायक मनोजको संगीत र संगीत संयोजन गरेका हुन्। बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्। विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ। 

पारू र सूर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक मनोजको आधिकारिक युट्युब च्यानल 'मनोज थापा मगर' मार्फत सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.