|

काठमाडौं : लगातारको गिरावटपछि मंगलबार  सेयर बजारमा ब्रेक लागेको छ। निकै उतारचढावबीच आज नेप्से परिसूचक १३.८३ अंकले उकालो लागेसँगै बजारमा लगातारको गिरावटमा ब्रेक लागेको हो। योसँगै नेप्से परिसूचक २ दुई हजार ७ सय १२ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक पनि २.३६ अंकले उकालो लागेर ५ सय ८.६२ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा ७ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.३८ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.३७ प्रतिशतले बढेको आज जीवन बीमा समूहमा १.३३ प्रतिशत, बैंकिङ समूहमा ०.२ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, जलविद्युत समूहमा ०.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६ प्रतिशत, अन्य समूहमा ०.७९ प्रतिशत र लघुवित्त समूहमा ०.२८ प्रतिशतले वृद्धि भएको छ। आज व्यापार समूह सर्वाधिक १.६१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.७५ प्रतिशतले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २ सय २३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँमा किनबेच भएका छन्। आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको २० करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २० करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख रुपैयाँ, अपी पावरको १८ करोड ८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ८७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड १७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १० लाख रुपैयाँ र अरुण काबेली पावरको १५ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरू मालामाल भएका छन्। यो लघुवित्तको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज एक्सेल डेभलपमेन्ट बैंक र जानकी फाइनान्सका सेयरधनीहरूले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ। बजार हिजो १ सय १४ अंकले ओरालो लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.