|

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा चलेको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् गठनलगायतका विषयमा छलफल भएर बैठक सकिएको जानकारी दिए।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराईलगायतकाे उपस्थिति थियो।

मंगलबार दिउँसो मात्र देउवा र प्रचण्डबीच छलफल भएको थियो। देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकै कारणले गठबन्धन सरकारको आलोचना भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.