|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको जहाजमा काठमाडाैंबाट दुबई जान लागेका गुल्मी छत्रकोट गाउँपालिका–४ का ३९ वर्षीय तुलसीराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो।ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा कँडेलको लगेजभित्र साउदी रियाल पचास हजार, दुबई दिराम तीन सय ८० र नेपाली रुपैयाँ १६ हजार प्रहरीले बरामद गरेको थियो।

उनलाई सोधपुछ गर्दा सो मुद्राहरू गुल्मीका ३८ वर्षीय केशबराज कँडेलले दिइ पठाएको बयान दिएका थिए। केशवराजलाई पनि प्रहरीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर बुझाइएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.